global ime bank Long Banner Ad

गृहपृष्ठ चाँदीको गहना र मोटरसाइकलसहित भारतीय नागरिक पक्राउ

चाँदीको गहना र मोटरसाइकलसहित भारतीय नागरिक पक्राउ

चाँदीको गहना र मोटरसाइकलसहित भारतीय नागरिक पक्राउ

बारा जिल्लास्थित सशस्त्र प्रहरीको गस्ती टोलीले चाँदीका विभिन्न गहना र मोटरसाइकलसहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेनौलीबाट सईलिन बहादुर ठाडाको कमान्डमा गएको टोलीले स्थानीय पचरौता नगरपालिका-६ पकडियामा भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेको भारतीय नागरिकलाई चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला झाँझरा पंचायत ३ बडहर्वाका २८ वर्षिय शैलेस साह रहेको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख तथा छिनमस्ता बाहिनीका डीआईजी गणेश ठाडा मगरले बताएका छन ।

भारतीय नागरिक साहको साथबाट एककिलो दुईसय ग्राम चाँदीका विभिन्न प्रकारको तयारी गहना बरामद भएको छ । उनलाई आवश्यक कार्वाहीको लागि साहलाई जिल्ला प्रहरी कार्यालय कलैया बाराको जिम्मा लगाइएको डीआईजी मगरले जानकारी दिएका छन् ।

प्रकाशित समय : १७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु