गृहपृष्ठ ललितपुर महानगरको मेयरमा कांग्रेसबाट सात जना सिफारिस
ललितपुर महानगरको मेयरमा कांग्रेसबाट सात जना सिफारिस
नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरका लागि सात जनाको नाम सिफारिस गरेको छ । कांग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन गरेको छ ।
त्यस्तै अहिलेका मेयर चिरीबाबु महर्जन, अहिलेकै उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम मेयरका लागि सिफारिस गरिएको छ ।
सात जनाको नाम सिफारिस गरेर प्रदेशमा पठाइएको छ । प्रदेशले नाम केन्द्रमा पठाउनेछ । कांग्रेस विधानअनुसार महानगरको उम्मेदवार केन्द्रीय संसदीय समितिले तय गर्ने व्यवस्था छ ।
प्रकाशित समय : १५:५९ बजे



















