global ime bank Long Banner Ad

गृहपृष्ठ टोखामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु

टोखामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु

टोखामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु

काठमाडौंको टोखा नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । काठमाडौंको उत्तरी भेगमा रहेको टोखामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजनामा आजदेखि यही वैशाख ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह सुरु गरिएको हो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका सबै वडामा जन्म, मृत्यु, बसाइँसराइ, विवाह र सम्बन्धविच्छेद दर्ताजस्ता व्यक्तिगत घटनाको दर्ता सुरु गरिएको जानकारी दिए । उनले व्यक्तिगत घटना दर्ता सप्ताहमा सहभागी हुन सम्पूर्ण टोखावासीलाई अनुरोधसमेत गरेका छन् ।

नगरपालिकाले सामाजिक सुरक्षा भत्ता पाउन योग्यता पुगेका नागरिकलाई पनि आफ्नो विवरण वडा कार्यालयमा दर्ता गराउन अनुरोध गरेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा रहेका छन् ।

प्रकाशित समय : १५:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु