global ime bank Long Banner Ad

गृहपृष्ठ सीवाईसी नेपालको आईपीओ बिक्री खुल्यो, बैशाख ६ गतेसम्म भर्न सकिने

सीवाईसी नेपालको आईपीओ बिक्री खुल्यो, बैशाख ६ गतेसम्म भर्न सकिने

सीवाईसी नेपालको आईपीओ बिक्री खुल्यो, बैशाख ६ गतेसम्म भर्न सकिने

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (बैशाख २ गते शुक्रबार)देखि करिब ४ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गरेको छ ।कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैययाँ दरका ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता सेयरको बिक्री खुला गरेको हो ।

कुल निष्काशित सेयर (३ लाख ९५ हजार ३३६ कित्ता) मध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओमा बैशाख ६ गते मंगलबारसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको मेरो सेयर मोबाइल एप तथा वेबसाइटमार्फत आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट सी-आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ । ३ करोड ९५ लाख रुपैयाँ बराबरको आईपीओ बाँडफाँडपछि चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ ।आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङस नेपालले लघुवित्तलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यो रेटिङ प्राप्त संस्थाले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

प्रकाशित समय : १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु