गृहपृष्ठ सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त
सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त भएका छन् । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठतम एआइजी केसीलाई नियुक्त गरेको हाे ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल चैत २८ गते अवकाशमा गएपछि महानिरीक्षक पद रिक्त थियो । गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र महानिरीक्षक नियुक्त गरेको स्रोतले बतायो । केसी अब १९ दिनपछि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान्छन् ।
केसीले २०४९ वैशाख १९ गते नेपाल प्रहरीमा इन्स्पेक्टर पदमा सेवा प्रवेश गरेका थिए । उनी २०५८ सालमा डीएसपीमा बढुवा भएर सशस्त्रमा प्रवेश गरेका हुन् ।
प्रकाशित समय : १८:१८ बजे