nmb bank

गृहपृष्ठ दुईतिहाई सुडानी खाद्य असुरक्षाको जाेखिममा

दुईतिहाई सुडानी खाद्य असुरक्षाको जाेखिममा

दुईतिहाई सुडानी खाद्य असुरक्षाको जाेखिममा

संयुक्त राष्ट्रसंघले सुडानका कम्तीमा पनि दुईतिहाई जनसंख्या खाद्य असुरक्षामा पर्न लागेको जनाएको छ । आगामी महिनामा त्यहाँका करिब ७७ लाख नागरिकले खाद्य असुरक्षा भोग्नसक्ने अनुमान संयुक्त राष्ट्रसंघले गरेको हो । संयुक्त राष्ट्रसंघले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा सो कुरा उल्लेख गरिएको छ ।

उक्त तथ्यांकअनुसार सुडानका ७७ लाख मानिस खाद्य असुरक्षामा पर्ने र यो संख्या यहाँको जनसंख्याका ६३ प्रतिशत हुन आउने पनि संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले सुडानको यो समस्यालाई मनन् गरेर विश्व समुदायसमक्ष सहयोगको अपिल पनि गरेको छ । सुडानको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएकाले मानवीय सहायता उपलब्ध गराउनुपर्ने सो निकायले जनाएको छ ।

सुडानमा खडेरी, आन्तरिक द्वन्द्व तथा राजनीतिक संकटका कारण केही वर्षदेखि अरु विविध समस्याका अतिरिक्त खाद्यान्नको पनि समस्या परिरहेको बताइएको छ ।

प्रकाशित समय : १८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु