गृहपृष्ठ आज पनि घट्याे नेप्से, कारोबार रकम डेढ अर्बमा सीमित

आज पनि घट्याे नेप्से, कारोबार रकम डेढ अर्बमा सीमित

आज पनि घट्याे नेप्से, कारोबार रकम डेढ अर्बमा सीमित

साताको दोस्रो कारोबार दिन आज मंगलबार सेयर बजार २४ सय बिन्दुबाट पनि तल झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ३४.७८ अंकले घटेर २३८५.०२ बिन्दुमा झरेको हो ।

'क' वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि ५.५२ अंकले घटेको छ । आज काराेबार रकम पनि घटकाे छ । २ सय ३७ कम्पनीको ३७ लाख ८३ हजार कित्ता सेयर बिक्री हुँदा १ अर्ब ५२ करोड ४३ लाख रूपैयाँ बराबरको काराेबार भएकाे छ ।

आज होटल र पर्यटन झिनो अंकले बढे पनि बाँकी १२ सूचक राताम्य छन् । मंगलबार १३ कम्पनीको सेयर बढ्दा १ सय ७७ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । आज पनि नेस्डोका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । अन्य लगानीकर्तालाई सेयरबजारले निराश बनाएको छ । आज सर्वाधिक गुमाउनेमा इमर्जिङ नेपालका लगानीकर्ता छन् । कारोबारमा भने आज हिमालयन डिस्टिलरीको सर्वाधिक ५ करोडको कारोबार भएको छ ।

साेमबार नेप्से ४४.६४ अंकले घटेको थियाे । २४१९.७१ बिन्दुमा झरेको सेयर बजारमा साेमबार ५० लाख ९५ हजार ३४ कित्ता सेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२ रुपैयाँमा कारोबार भएको थियाे ।

प्रकाशित समय : २१:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु