global ime bank Long Banner Ad

गृहपृष्ठ महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्यांकी तथा ह्वाइट बोर्ड सहयोग

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्यांकी तथा ह्वाइट बोर्ड सहयोग

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्यांकी तथा ह्वाइट बोर्ड सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको डडेल्धुरा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अजयमेरु गाउँपालिकास्थित सहश्रलिंग उच्च मावि विचमडालाई ह्वाइट बोर्ड तथा खानेपानी ट्यांकी हस्तान्तरण गरेको छ ।

विद्यालयको प्रांगणमा आयोजित विशेष कार्यक्रमबीच बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीको पठनपाठनमा सहजताका लागि ७ ह्वाइट बोर्ड तथा पिउने पानीको सहजताका निम्ति १००० लिटर क्षमता भएको १ थान पानी ट्यांकी हस्तान्तरण गरेको छ । कार्यक्रममा अजयमेरु गाउँपालिका-२ का वडाध्यक्ष शिवराज भट्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण पाल, विद्यालयका प्रधानाध्यापक रनबहादुर ऐर, शिक्षक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि, अन्य विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय, पत्रकार तथा बैंकका कर्मचारीको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक ऐरले विगतदेखि नै बैंकले सामाजिक तथा आर्थिक रूपान्तरणमा विभिन्न कार्यक्रम गरी उदाहरणीय कार्य गर्दै आएकोमा महालक्ष्मी विकास बैंकलाई धन्यवाद ज्ञापन गरे । आगामी दिनमा पनि सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्ने डडेल्धुरा शाखाका प्रबन्धक प्रकाश खड्काले जानकारी गराए ।

बैंकले १ नम्बर प्रदेशमा ५, मधेश प्रदेशमा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ गरी कूल १०३ वटा शाखामार्फत करीब ६ लाख ग्राहकलाई वित्तीय सेवा सरलीकृत तवरले प्रदान गर्दै आइरहेको जनाइएको छ ।

प्रकाशित समय : १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु