nmb bank

गृहपृष्ठ नेपालमा भिभोको तीन नयाँ फोन सार्वजनिक, के-के छन् विशेषता ?

नेपालमा भिभोको तीन नयाँ फोन सार्वजनिक, के-के छन् विशेषता ?

नेपालमा भिभोको तीन नयाँ फोन सार्वजनिक, के-के छन् विशेषता ?

भिभोले नेपाली बजारमा आफ्नो भी र वाई संस्करणका तीनवटा स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले भी संस्करणअन्तर्गतको भी-२३ ५जी र वाई संस्करणअन्तर्गतको वाई-३३ एस र वाई-०१ सार्वजनिक गरेको हो ।

भी-२३ ५:

भी-२३ ५जी पोट्रेट र सेल्फीहरूका लागि उपयुक्त छ । यसमा ५० मेगापिक्सलको अटोफोकस पोट्रेट सेल्फी, ६४ मेगापिक्सलको सुपर-सेन्सिङ क्यामेरा र ८ मेगापिक्सलको सुपर वाइड-एंगल क्यामेरा पाउन सकिन्छ । यसको बाहिरी डिजाइनिङ पनि आकर्षक छ । भीभोले यसमा मेटल फ्ल्याट फ्रेम डिजाइनमा रंग परिवर्तन हुने फ्लोराइट एजी डिजाइन टेक्नोलोजीको प्रयोग गरेको छ।  यसले गर्दा फोनको बाहिरी भाग घाममा रङ परिवर्तन भएर अझ बढि आकर्षक देखिन्छ । भी-२३ ५जीमा जम्मा ७.३९ एमएमको अल्ट्रा-स्लिम बडी छ । 

भी-२३ फाइभजीले मिडियाटेक डाइमेन्सीटी (२) प्रोसेसरमार्फत फ्ल्यागशिप स्तरको कार्यसम्पादन प्रदान गर्छ । गेमरले ९० हर्ट्ज रिफ्रेस रेट डिस्प्ले, एक्सटेन्डेड र्‍याम २.०, लिक्विड कुलिङ सिस्टम र अप्टिमल गेमप्लेको लागि अल्ट्रा गेम मोड जस्ता विशेषता पाउन सक्छन् । यसमा ४४ वाट फ्ल्यासचार्ज क्षमता छ जसमा सुपर स्लिम ४२०० एमएएच ब्याट्री प्याक दिइएको छ। 

कम्पनीले भिभो भी-२३ ५जीको सुरुवाती मूल्य ५५ हजार नाैँ सय ९९ रुपैयाँ तोकेको छ । यो ८ जीबी र्‍यामसहित १२८ जीबी स्टोरेज भेरियन्टमा सनसाइन गोल्ड र स्टारडस्ट ब्ल्याक रंगमा उपलब्ध छ ।

वाई-३३एस:

यो फोन सार्वजनिक भएसँगै 'फिचर-रिच स्मार्टफोन्स' भनिएको छ। यसमा ५० भेगापिक्सलको मुख्य क्यामेरा, २ मेगापिक्सलको बुके क्यामेरा र २ मेगापिक्सलको सुपर म्याक्रो क्यामेरा छ । वाई-३३ एसमा ५०००एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज छ । भिभो वाई-३३ एस अत्याधुनिक सुविधाहरू भएका पावर-प्याक्ड उपकरण माग गर्ने युवाको जीवनशैलीसँग मेल खाने र 'अन द गो' पुस्ताका लागि बनाइएको हफ । कम्पनीले वाई-३३ एसको सुरुवाती मूल्य भने जम्मा २९ हजार नौ सय ९९ रुपैयाँ तोकेको छ । यो ८ जिबी र्‍याम र १२८ जिबी स्टोरेज भेरियन्टमा मिरर ब्ल्याक (कालो) र मिडडे ड्रिम रंगमा उपलब्ध छ ।

वाई-०१:

वाई-०१ जम्मा ८.२८ एमएम पातलो छ । यसको जम्मा १७८ ग्राम तौल छ। यसमा ५०००एमएएच क्षमताको ब्याट्री छ। फोनमा ८ मेगापिक्सेलको मुख्य क्यामेरा सहित ५ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । यो बजेट फोन अन्तर्गत पर्छ । कम्पनीले वाई-०१ को सुरुवाती मूल्य १३ हजार नौँ ९९ रुपैयाँ तोकेको छ । यो २ जीबी र्‍याम र ३२ जीबी स्टोरेज भेरियन्टमा एलिगेन्ट ब्ल्याक (कालो) र सेफाइस ब्लू (निलो) रंग उपलब्ध हुनेछ ।

प्रकाशित समय : २०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु