गृहपृष्ठ नेपालमा पनि अर्थमन्त्री भाग्नुपर्ने दिन आउने त होइन : पूर्वअर्थमन्त्री पाण्डे

नेपालमा पनि अर्थमन्त्री भाग्नुपर्ने दिन आउने त होइन : पूर्वअर्थमन्त्री पाण्डे

नेपालमा पनि अर्थमन्त्री भाग्नुपर्ने दिन आउने त होइन : पूर्वअर्थमन्त्री  पाण्डे

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशमा राजनीतिकभन्दा आर्थिक संकट आउने खतरा रहेको बताएका छन् । अर्थतन्त्रको अवस्थाबारे एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डले अहिलेको अवस्थामा गभर्नरलाई निलम्बनमा राख्ने सरकारको कदम गलत भएको बताए ।

उनले श्रीलंकाले भोगिरहेको आर्थिक संकट उल्लेख गर्दै भने-श्रीलंकामा अर्थमन्त्री भाग्दैछन् अरे । कतै नेपालमा यस्तो दिन आउने त होइन !

अहिलेको अवस्थामा सरकारले सबैसँग सहयोग माग्नुपर्ने भए पनि सरकार एकलौटी रूपमा चलिरहेको बताए । सोही कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री बिष्णु पौडेलले गत जेठमा आफूहरूले सरकार छोड्दा अर्थतन्त्र स्वस्थ, सबल र सुदृढ रहेको भए पनि वर्तमान सरकारको गलत नीतिका कारण अहिले समस्या देखिएको बताए ।

प्रकाशित समय : २०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु