गृहपृष्ठ गभर्नरलाई निलम्बनको निर्णय तत्काल फिर्ता लिन पूर्व अर्थमन्त्री पौडेलको आग्रह

गभर्नरलाई निलम्बनको निर्णय तत्काल फिर्ता लिन पूर्व अर्थमन्त्री पौडेलको आग्रह

गभर्नरलाई निलम्बनको निर्णय तत्काल फिर्ता लिन पूर्व अर्थमन्त्री पौडेलको आग्रह

नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गर्ने निर्णय तत्काल फिर्ता गर्न आग्रह गरेका छन् । नेकपा एमालेले  देशको अर्थतन्त्रको अवस्थाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलन उपाध्यक्ष पौडेलले गभर्नरलाई निलम्बन गर्ने निर्णय अबिलम्ब फिर्ता गर्न आग्रह गरेका हुन् ।

गभर्नरले सरकारको अवाञ्छित आकांक्षा पूरा गर्न सहयोग नगरेकोको कारण सरकारले उनलाई हटाएको आरोप लगाएका छन् । उनले भने, 'गभर्नरले गलत कामलाई अस्वीकार गरेको, हस्तक्षेपलाई अस्वीकार गरेको, सरकारलाई सच्चिन आग्रह गरेकोको लगायतका कारण निलम्बन गरिएको छ, म यो निर्णय तत्काल सच्याउन आग्रह गर्दछु ।'

यदि उनलाई निलम्बन गर्ने निर्णय नसच्याएको खण्डमा देशको अर्थतन्त्र थप धरासायी हुने उनले बतए । यो एउटा व्यक्ति माथिको हस्तक्षेप नभई सिंगो प्रणालीमाथिको नग्न हस्तक्षेप रहेको उनले आराेप लगाए । नेकपा एमालेले सत्ता हस्तान्तरण गर्दा देशको अर्थतत्र सबल र सुदृढ रहेकोमा अहिले अर्थतन्त्र संकटाेन्मुख भएको उनले बताए । यदि सरकारले तत्काल सार्थक कदम नचाल्ने हो भने देश श्रीलंकाको बाटोमा जाने उनको भनाइ थियो ।

प्रकाशित समय : १९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु