global ime bank Long Banner Ad

गृहपृष्ठ बुद्ध एयरको बोर्डिङ पासमा अन्नपूर्ण केबलकारमा आकर्षक छुट

बुद्ध एयरको बोर्डिङ पासमा अन्नपूर्ण केबलकारमा आकर्षक छुट

बुद्ध एयरको बोर्डिङ पासमा अन्नपूर्ण केबलकारमा आकर्षक छुट

बुद्ध एयर र अन्नपूर्ण केबलकारबीच भएको सम्झौतामा बुद्ध एयरबाट पोखरा यात्रा गर्ने यात्रुहरुलाई प्रत्येक बोर्डिङ पासमा केबल कार आउजाउमा आकर्षक छुटको प्याकेज ल्याएको छ ।

बोर्डिङ पास जारी गरिएको ५ दिनभित्र अन्नपूर्ण केबलकारको प्रयोगमा मात्र यो सुविधा उपलब्ध छ । बुद्ध एयर काठमाडौंबाट दैनिक १० भन्दा बढी पोखराको उडान भर्दै आएको छ । त्यसैगरि धनगढी, नेपालगञ्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुरबाट पनि पोखराको सिधा उडान गर्दै आएको छ ।

नववर्ष २०७९ वैशाख २ गतेबाट भद्रपुरबाट पोखरा सिधा उडान गर्ने घोषणा पनि गरिसकेको छ । यी गन्तव्यहरुबाट पोखरा सिधा उडान भर्ने सबै यात्रुहरु यो योजनाबाट लाभान्वित हुनेछन् । बुद्ध एयरसँग ७२ सिटे एटीआर-७२ जहाज ११ वटा, ४२ सिटे एटीआर-४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाहरु रहेका छन् ।

प्रकाशित समय : २०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु