गृहपृष्ठ ‘बढीमा दुई वर्षभित्र हामी विद्युत आयात गर्नु नपर्ने अवस्थामा पुगिसक्छौं’

‘बढीमा दुई वर्षभित्र हामी विद्युत आयात गर्नु नपर्ने अवस्थामा पुगिसक्छौं’

‘बढीमा दुई वर्षभित्र हामी विद्युत आयात गर्नु नपर्ने अवस्थामा पुगिसक्छौं’

पहिलो कार्यकालमा लोडसेडिङ अन्त्य गराएको पहिचानकै कारण नेपाल विद्युत प्राधिकरणमा दोस्रो कार्यकाल सम्हाल्न आइपुगेका कार्यकारी निर्देशक कुलमान घिसिङसँग केही दिनअघि उद्योगीहरुले लोडसेडिङको तालिका माग गरे । बेला-बेला लाइन गइरहने समस्या देखिएपछि घिसिङ व्यवसायीको तारोमा परेका थिए । तर त्यसलाई व्यवसायीहरूले 'राजनीति गरेकाे' भनेर घिसिङले प्रतिक्रिया दिए । किनकि कहीँकतै लोडसेडिङ नभएको घिसिङको दाबी छ । त्यसो भए समस्या के हो त ? विद्युतमा नेपालको पाइला कहाँ पुग्यो ? भारत सहितका देशमा नेपालले कसरी बिजुली बेच्छ ? नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग यस्तै प्रश्नमा केन्द्रित रहेर न्युज कारोबार डटकमका लागि सन्तोष विके थापाले गरेको कुराकानी :


लोडसेडिङ अन्त्यको नायकबाटै फेरि लोडसेडिङ गराउन थालियो भनेर हल्ला भयो । व्यवसायीहरुले तपाईँसँग लोडसेडिङको तालिका नै माग गरे । दिनुभयो ?

अहिले कतै पनि लोडसेडिङ छैन । लोडसेडिङ गर्नुपर्ने आवश्यकता पनि छैन । अस्ति दुई/तीन दिन रातिको समयमा केही गडबडी थियो । त्यो अचानक आएको समस्या हो । 

त्यसो भए उद्योगहरुमा अहिले पर्याप्त बिजुली पुगिरहेको छ ?

सबैतिर पुगिरहेको छ । कहीँ पनि उद्योगमा लोडसेडिङ गरिएको छैन । बेलुकाको पिक टाइममा कहीँकतै ट्रान्समिटरको कारणले समस्या आएको हुनसक्छ ।  त्योबाहेक अरु समस्या छैन ।

देशभित्रको आन्तरिक विद्युत् उत्पादन क्षमता २१ सय मेगावाट पुगेको छ । केही वर्षअघिसम्म उत्पादन ५/६ सयसम्म मात्रै थियो । यस्तो अवस्थामा पनि पर्याप्त बिजुली पाउन नसक्दा त प्रश्न गर्न सकिएला ?

२१ सय मेगावट उत्पादन त हाम्रो एक सिजनमा मात्रै हो । बर्षायाममा २१ सय मेगावट हामीसँग हुन्छ । त्यतिबेला हामीलाई बिजुली बढी नै हुन्छ । सुख्खायाममा उत्पादन ३५ देखि ४० प्रतिशतमा झर्छ । अहिले सुख्खायामकाे ३/४ महिना सधैं यस्तै हो । अर्काे कुरा के हो भने, विगत ४/५ वर्षको तुलनामा अहिले माग २.५ गुणाले बढेको छ । माग पनि बढेको छ भने उत्पादन पनि बढेको छ । वर्षाको समयमा त हामीलाई ४/५ सय मेगावट नै बढी हुन्छ । त्यसलाई निर्यात गर्छौ । अब सुख्खायाममा त हाम्रा खोलानालाको प्रकृति सबैलाई थाहै नै छ, अलिकति हामीले आयात गर्नुपर्छ ।

त्यस भए आयातको भर नपरी नहुने अवस्था हाे ?

पाँच वर्षअघि करिब-करिब ४० प्रतिशत बिजुली वर्षभरी आयात गर्थ्याै । करिब ३२० मेगावाटभन्दा बढी नै आयात हुन्थ्यो । त्यो बेला १४ घण्टा लोडसेडिङ थियो । तर अहिले हाम्रो आयातको स्थिति के हो भने, वर्षभरिमा १० प्रतिशतभन्दा कमै मात्र आयात हुन्छ । त्यही दुईतीन महिनामात्रै बढी आयात हुने हो । बाँकी हाम्रो निर्यात नै गछौं । अब हामी ‘नेट एक्पोर्टर’का रुपमा रहन्छौं । अर्काे वर्षबाट त हामीलाई धेरै आयात पनि गर्न पर्दैन ।

कोइलाको मात्रै होइन, सबै सामानको भाउ २/३ सय प्रतिशत बढेको छ । अब पहिला ४०/५० डलरमा प्रतिमेट्रिकटन पाउने कोइलाको भाउ अहिले ४०० डलर मेट्रिकटन पुगेको छ । त्यसमा पनि भारतले हामीलाई दिने बिजुली आयात गरेको कोइलाबाट हो । त्यसैले पनि महँगो हुन्छ ।

खपत धान्न नसकेकै कारण जसरी उद्योगहरुमा लाइन काटियो, त्यसले फेरि पनि अभाव हुँदा लाइन नै काट्ने हो कि अन्य उपाय छ ?

उद्योगी साथीहरुलाई मैले बोलाएर कुरा पनि गरेको थिएँ । तत्कालको समस्याका बारेमा जानकारी पनि गराएको हुँ । अब ग्लोबल क्राइसिसका बारेमा त सबैले सुनिनै रहेका छाैं । केही समयअघि चीनले काइला नै नपाएर करिब एक महिना आफ्ना उद्योग बन्द गर्‍यो । श्रीलंकाले अहिले लोडसेडिङ नै गरेर बसिरहेको छ । इन्डियामा समेत धेरै उद्योगहरु बन्द भएका छन् । किनकि युक्रेन युद्धदेखि धेरै खाले ग्लोबल क्राइसिस छन् । कोइलाको मात्रै होइन, सबै सामानको भाउ २/३ सय प्रतिशत बढेको छ । अब पहिला ४०/५० डलरमा प्रतिमेट्रिकटन पाउने कोइलाको भाउ अहिले ४०० डलर मेट्रिकटन पुगेको छ । त्यसमा पनि भारतले हामीलाई दिने बिजुली आयात गरेको कोइलाबाट हो । त्यसैले पनि महँगो हुन्छ । यस्ता समस्या हुँदाहुँदै पनि हामीले त गर्दागर्दै आएका समस्या हो । एकदुई दिन समस्या भएको थियो । अब यस्ता समस्या त बुझ्न पर्‍यो नि । मानौं भूकम्प आयो भने के हुन्छ भन्नुस् त ? अमेरिकामा समेत सुनामी आएर १५ दिन बन्द भयो । हाम्रो ४५६ मेगावाटको उपर तामाकोशीको पावरप्लान्टमा मेशिनमा समस्या आयो र १०/१५ दिन बन्द भयो भने के हुन्छ ? प्राविधिक समस्याहरु आउँछन् । त्यसलाई बनाउन त समय लाग्छ नि ।

भनेपछि लाइन काट्ने समस्या कायम नै रहन्छ ?

रातिको केहीसमय एक/दुईदिन लाइन काटिएको हो । दिउँसो त काटिएकै छैन । अब त्यसैलाई लोडसेडिङ भनियो ।

हामीसँग १५/१६ सय मेगावाट हुँदा पनि भारतबाट आयात गर्नैपर्ने अवस्था छ । नेपाल विद्युतमा आत्मनिर्भर कहिले हुन्छ ?

पहिलेकै स्थितिमा हामीले माग नबढाएको भए, अहिलेसम्म आत्मनिर्भर भइसक्थ्यौं । अहिले डिमान्ड बढाउनु पर्‍यो भनेर उद्योग-उद्योगमा हामी आफैँ पुगिरहेका छौं । लाइन बनाइदिने काम गरिरहेका छौं । माग बढ्नु त नेपालका लागि धेरै राम्रो हो नि । माग बढेर एक/दुई दिन आपूर्ति कम भयो भन्ने चिन्ता होइन । मेरो एक महिनापछि ५ सय मेगावाट स्टिल हुँदैछ, त्यो स्टिल भयो भने एकैदिनमा करोडौं रुपैयाँ जान्छ । त्यो चिन्ता हो नि । माग बढ्यो भने त त्यो पनि खपत हुन्छ । त्यो भएर माग बढाउन सकियो भने थोरै आयात गर्दा पनि कुनै फरक पर्दैन । अहिलेकै अवस्थालाई हेर्दा पनि बढीमा दुई वर्ष, नभए अर्काे वर्ष हामी विद्युत आयात गर्नु नपर्ने अवस्थामा पुगिसक्छौं ।

तपाईँले विद्युत खपत बढाउन उपभोक्तालाई आह्वान गरिरहनुभएको छ । फेरि खपत बढाएकै कारण असहज त हुने होइन ?

होइन, असहज हुनु नै राम्रो हो नि । यदि असहज हुन्छ भने त्यसको समाधान हुन्छ, तर खपत बढाउनुपर्छ । पहिला लोडसेडिङ थियो अन्त्य गर्ने समाधान आयो । कतै ट्रान्समिशन लाइन पुगेन भने हामीले थपिरहेका छौं । यसलाई एकदमै उल्टो बनाएर व्याख्या गर्नु हुँदैन । नेपालमा सबै चिज विद्युतबाट चल्नुपर्छ । हेर्नुस् त, अहिले पेट्रोलको भाउ कहाँ पुग्यो, ग्यासको भाउ कहाँ पुग्यो । अब यस्तो बेला त हामीले सबै कुरा विद्युतीयमा रिप्लेस गर्नुपर्छ । विद्युतीय गाडीहरु चलाउनुपर्छ । हामीलाई समस्या छैन । अर्काे वर्ष करिब ७/८ सय मेगावट थप हुँदैछ । यही असारसम्मै अर्काे दुई/तीन सय मेगावट थप हुन्छ । सबै प्रोजेक्ट पाइपलाइनमा छन्, हामीलाई समस्या छैन ।

भारतमा खुला बजार छ । त्यहाँ गएर आलु किनेबराबर विद्युत किन्न पाउनुहुन्छ । २० रुपैयाँ भारुसम्म अधिकतम सेलिङ हो । त्यो पाउने सेलिङमा कसैले अति जरुरी भयाे भने कोर्ट गर्लान्, नभए धेरैले गर्दैनन् । अनि त्यही सेलिङलाई देखाएर प्रतियुनिट २० रुपैयाँ भारुमा बिजुली किन्यो भनेर कसरी हुन्छ ?

यस्तो अवस्थामा नेपालले बिजुली बेच्न सपना कति यथार्थपरक छ ? भर्खरै प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गर्नुभयो । भ्रमणका क्रममा दुईदेशबीच उर्जाकेन्द्रित सहमति भएका छन् । हामीलाई बिजुली बेच्न सहज छ त ?

हो, भ्रमण दलमा म पनि थिए । यसपालिको भ्रमण निकै फलदायी भएको छ । हामीले नेपालको विद्युत बर्षायाममा बेच्नैपर्छ । हामीले खपत भएर बचेको विद्युत बेच्ने भनेको हो । उप्रिएको विद्युत फाल्ने कुरा त भएन । दिउँसोको तुलनामा राति विद्युत खपत कम हुन्छ, त्यसलाई के गर्ने ? उद्योगहरु पनि कहिले बन्द हुन्छन्, कहिले रातिको समयमा एकदम कम खपत गर्छन् । त्यसलाई बेच्नु परेन ? त्यसलाई बेचेन भने त पानी खेर जान्छ ।

त्यसैले विद्युत भनेको त किन्ने/बेच्ने गर्नु नै सबैभन्दा प्रभावकारी हुन्छ । यसो हुँदा एक युनिट पनि खेर जाँदैन । अहिले भएको सहमति एकदम ऐतिहासिक छ । नेपालमा जलविद्युतको धेरै सम्भावनालाई मनन् गर्दै भएको सहमतिमा ऊर्जा उत्पादन, प्रसारण र व्यापारलाई जोड दिइएको छ । त्यस्तै, नेपालबाट निर्यात गर्नसक्ने र भारतबाट समेत आयात गर्न सकिने विषयमा पनि छलफल भएको छ । दुई देशका प्रधानमन्त्रीले बिना कुनै रोकावट विद्युत् प्रवाह गर्ने सहमति जनाउनुभएको छ । यो नेपालका लागि सबैभन्दा ठूलो काम भएको छ ।

यसले बंगलादेशसँग विद्युत कारोबार गर्ने बाटो पनि खोलेको हो ?

हो, दुई देशका प्रधानमन्त्रीबीच भएको समझदारीमा सबै कुरा छ । बंगलादेश, भुटान, नेपाल र भारतबीच पावर कर्पोरशन भनेकै छ नि । त्यसले हाम्रो विद्युत अगाडि बढ्ने पक्का भएको छ ।

भनेपछि यी देशहरुसँग किनबेच चलिरहन्छ ?

अलिकति पुगेन भने त्यहाँबाट ल्याउन के फरक पर्छ भनेको ? सुख्खायाममा अलिकति किन्नुस्, बर्षायाममा बेच्नुस् । त्योभन्दा सजिलो के हुन्छ भन्नुस् त ?

सस्तो मूल्यमा आफूले बेचेर महँगोमा किन्नु परेको छ । कतिसम्म कुरा आयो भने ३ रुपैयाँमा बेचेर ३८ रुपैयाँमा किनियो भन्ने कुरा छ नि ?

यो एक त गलत प्रचार हो । यो त अफवाह फैलाएको मात्रै हो । भारतमा खुला बजार छ । त्यहाँ गएर आलु किनेबराबर विद्युत किन्न पाउनुहुन्छ । २० रुपैयाँ भारुसम्म अधिकतम सेलिङ हो । त्यो पाउने सेलिङमा कसैले अति जरुरी भयाे भने कोर्ट गर्लान्, नभए धेरैले गर्दैनन् । अनि त्यही सेलिङलाई देखाएर प्रतियुनिट २० रुपैयाँ भारुमा बिजुली किन्यो भनेर कसरी हुन्छ ? हामीले तीन महिनासम्म सबैभन्दा कम ३ रुपैयाँसम्म किनेका छौं । राति हामीले ९० पैसामा समेत किनेका छौं । र हामीले बेच्नुपर्दा २० रुपैयाँसम्म बेचेका छौं ।

दोस्रो कार्यकालमा गाउँगाउँमा बिजुली पुग्दैछ । रोड पनि पहिला ट्रयाक खुल्छ, ग्राभेल हुन्छ अनि त्यसपछि पिच हुन्छ । अहिले हामी पिच गरिरहेका छौं । त्यसका लागि हामी व्यापक संरचना सुधारका काम गरिरहेका छाैं । काठमाडौंमा हामीले ३ हजार मेगावाटभन्दा बढी लोड आउँछ भनेर संरचना निर्माण गर्दछौं ।

बिजुली आयातमा पैसा धेरै गयो भन्ने पनि छ, तथ्यांक कस्तो छ ?

आयातको कुरा गर्दा गत साल २२ अर्बको आयात भएको थियो । म त्यतिबेला जिम्मेवारीमा थिइनँ । अहिले हाम्रो आयात १० अर्बभन्दा बढी जाँदैन । साउनयता अर्थात् ९ महिनाकाे अवधिमा ८ अर्बभन्दा बढीको विद्युत् खरिद गरेको छैन । यसपालि बढीमा १० अर्ब पुग्छ होला । त्यो भनेको १० प्रतिशत पनि हाेइन ।

तपाईँको नेतृत्व फर्किएपछि जनतामा पलाएका भरोसा कायम राख्न कतिको सहज महसुस गरिरहनु भएको छ, चुनौती छ हाेइन र ?

पहिलो कार्यकालको सफलता नै मेरो लागि चुनौती हो । पहिलो कार्यकालमा हाम्रो उद्देश्य लोडसेडिङ अन्त्य गर्ने थियो । त्यो बेलामा हामी कम चलाउनुस् भन्थ्यौं । इनर्जी सेभिङ गर्नुस् भनेर भन्थ्यौं । अहिले मेरो आह्वान के हो भने, अधिकतम चलाउनु भन्ने हो । जसरी हुन्छ आन्तरिक माग बढाउने हो । गत सालभन्दा ४ सय मेगावाट बढी माग बढ्यो । र त्यो माग बढेपछि पनि हामीले निर्यात गरेका छौं भने पहिलोपटक नेपालमा ऐतिहासिक काम भएको छ । ३९ मेगावाट भए पनि हामी निर्यात सुरु गर्‍यौं । अब हामी ४ सय मेगावाटभन्दा धेरै निर्यात गर्दैछौं । अर्काे वर्ष त हामीले नेट पैसा कमाउँछाैं । हामी निर्यातकर्ताको रुपमा स्थापित हुन्छौं । १२/१५ अर्ब त हामी निर्यात गरेरै कमाउनेछौं ।

दोस्रो कार्यकालमा गाउँगाउँमा बिजुली पुग्दैछ । रोड पनि पहिला ट्रयाक खुल्छ, ग्राभेल हुन्छ अनि त्यसपछि पिच हुन्छ । अहिले हामी पिच गरिरहेका छौं । त्यसका लागि हामी व्यापक संरचना सुधारका काम गरिरहेका छाैं । काठमाडौंमा हामीले ३ हजार मेगावाटभन्दा बढी लोड आउँछ भनेर संरचना निर्माण गर्दछौं । त्यसका लागि समय चाहिन्छ, लगानी चाहिन्छ र जग्गा पनि चाहिन्छ । म पहिलो कार्यकालका लागि आउँदा ६२ प्रतिशत मात्रै विद्युतीकरण थियो । अहिले करिब ९५ प्रतिशत विद्युतीकरण भएको छ । बत्ती जाने र आउने कुरालाई मात्रै इन्डिकेटर मान्नु हुँदैन । कहिलेकाहीँ लाइन काटिने कुरा त हामी विरामी भएजस्तै हो । कहिलेकाहीँ प्राविधिक समस्या आउँछ ।

अहिले प्राधिकरणको नाफा/घाटाको अवस्था के छ ?

अहिले हामी एकदमै कम्फर्टेबल पोजिसनमा छौं । अस्ति छ महिनाको नाफा १२ अर्ब आयो भनेर हामीले सार्वजनिक गरेका छौं । अबको असार १५ भित्र १५ अर्बसम्म नाफामा पुगिन्छ भन्ने हाम्रो आँकलन छ । घाटा कम गरेका छौं । पहिला १८ प्रतिशत घाटा थियाे, अहिले १४ प्रतिशतमा झरेको छ ।

तपाईँको मूल सन्देश भनेको विद्युत खपत बढाउने नै हो भनेर बुझ्न सकिन्छ ?

तपाईँ विद्युतीय खपत बढाउनुहोस् । हामी त्यसका लागि संरचना निर्माणमा व्यापक लाग्छौं । गुणस्तरीय वितरणको जिम्मा पनि हामी लिन्छौं । अहिलेका लागि मात्रै होइन, २० वर्षपछिसम्म पनि पुग्नेगरी हामी लागिरहेका छौं ।

प्रकाशित समय : ०१:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु