गृहपृष्ठ ८ सयले बढ्यो सुनको मूल्य
८ सयले बढ्यो सुनको मूल्य
आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला ८ सयले नै बढेर ९९ हजार ८ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १३ सय ६५ रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८५ हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८५ हजार ५६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ७० रुपैयाँ तोकेको छ ।
प्रकाशित समय : १६:४१ बजे



















