गृहपृष्ठ इस्लिङटन कलेजको स्प्रिङ कार्निभल सम्पन्न
इस्लिङटन कलेजको स्प्रिङ कार्निभल सम्पन्न
कमलपोखरी स्थित इस्लिङटन कलेजले विद्यार्थीको क्षमता वृद्धि गर्ने उद्देश्यले स्प्रिङ कार्निभल-२०२२ आयोजना गरेको छ । कोभिड संक्रमणको कारण विगत दुई वर्षदेखि रोकिएको कार्निभल यो वर्ष भव्य रुपमा सम्पन्न भएको हाे ।
कलेज प्रांगणमा आयोजना गरिएको कार्निभल (महोत्सव)मा विभिन्न २५ वटा विद्यामा विद्यार्थीले विभिन्न कार्यक्रम आयोजना गरेका थिए । कार्निभल आयोजना गरेको २५ वर्ष पुगेको अवसरमा २५ वटा स्टल राखिएको थियो । विद्यार्थीले कलेजमा सिकेका, आफ्ना उत्पादनलाई विश्व बजारमा चिनाउने र आफूले कलेजमा तयार गरेको परियोजना स्टलमा राखिएको थियो ।
कलेजले सय टिमबाट छनौटमा परेका २५ टिमलाई कार्निभलमा सहभागी गराएको थियो । कलेजमा उपस्थित विद्यार्थीले विभिन्न जातजातिका भेषमुभषा लगाएका थिए । कलेजले सो महोत्सवलाई 'इथ्निक डे'को रुपमा मनाईएको थियो । कार्निभलमा उपस्थित र स्टलमा रहेका विद्यार्थी विभिन्न जातजातिका फरक-फरक ड्रेस लगाएका थिए ।
आफ्नो, भाषा, जात र धर्मलाई परिचय दिन अधिकांश विद्यार्थी फरक-फरक जातिको भेषभुषामा सजिएका थिए । कार्निभलमा चर्चित गायक दीपक बज्राचार्यको ब्याण्ड र समूहले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । स्प्रिङ कार्निभलका संयोजक दौलतराज श्रेष्ठले कार्निभलले विद्यार्थीका क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भुमिका खेलेको बताए ।
यो कार्यक्रम विद्यार्थीका लागि साँच्चिकै महत्वपूर्ण र अविश्मरणीय रहेको आयोजकले बताएका छन् । कलेजले सन् २०११ देखि नै स्प्रिङ कार्निभल आयोजना गर्दै आएको थियो । कोभिडको कारण दुई वर्षसम्म स्थगित सो महोत्सव हरेक वर्ष आयोजना गरिने कलेजको भनाइ छ ।
प्रकाशित समय : १९:१७ बजे


















