गृहपृष्ठ मन्त्रिपरिषद बैठकबाट २० देशका लागि राजदूत सिफारिस
मन्त्रिपरिषद बैठकबाट २० देशका लागि राजदूत सिफारिस
सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदकाे आज बसेकाे बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषदले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हाे ।
सरकारले सिफारिस गरेका नामको संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
राजदूतका लागि सिफारिस भएकाहरू :
राजनीतिक दलबाट
१. विष्णुपुकार श्रेष्ठ- चीन
२. दानबहादुर तामाङ- दक्षिण अफ्रिका
३. शर्मिला पराजुली ढकाल- स्पेन
४. बाशुदेव मिश्र- श्रीलंका
५. मिलन तुलाधार- रसिया
६. कैलाश पोखरेल- अष्टेलिया
७. डिल्लीराज पौडेल- मलेसिया
८. शान्ता रिजाल- इजरायल
९. ज्योति प्याकुरेल- दक्षिण कोरिया
१०. प्राडा रामशुरज राय यादव- डेनमार्क
११. नवराज सुवेदी- साउदी अरब
१२. नरेश विक्रम ढकाल (देश खुलेको छैन)
परराष्ट सेवाबाट
१. घनश्याम भण्डारी
२. हरिशचन्द्र घिमिरे
३. तीर्थराज वाग्ले
४. डोरनाथ यादव (पासपोर्ट विभागका डीजी)
५. सुशीलकुमार लम्साल
६. भरतकुमार रेग्मी
७. निर्मलराज काफले
८. दुर्गा बहादुर सुवेदी
प्रकाशित समय : ०३:३३ बजे



















