global ime bank Long Banner Ad

गृहपृष्ठ चैते छठअन्तर्गत अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

चैते छठअन्तर्गत अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

चैते छठअन्तर्गत अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

आस्थाको महापर्व चैते छठको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । चार दिवसीय चैते छठ पर्वको आज तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई ठेकुवा, भुसवा, केरा, अदुवा, नरिवल, फलफूलसहित विभिन्न परिकारको अर्घ्य अर्पण गरी चैते छठ पर्व मनाइँदैछ ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । सर्लाही सदरमुकाम मलंगवालगायत ग्रामीण क्षेत्रमा समेत चैते छठ मनाउनेको संख्या बढ्दै गएको छ । कात्तिक महिनामा मनाइने छठभन्दा चैते छठ मनाउनेको संख्या कम भए पनि विगतकोभन्दा यस वर्ष छठ मनाउनेको संख्या बढ्दै गएको हो ।

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जन-जन परिचालन हुने महापर्व मानिन्छ । यद्यपि शारदीय छठ जति यो पर्व मनाउने भने देखिँदैनन् । पर्वको पहिलो दिन ‘नहाय-खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिन अर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई पवित्र जलाशयको घाटमा कम्मरसम्म पानीमा चोबलिएर अर्घ्य दिइन्छ ।

अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई घाटमै अर्घ्य दिएर पर्व सम्पन्न गरिन्छ । छठ पर्व मान्नाले दुःखबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निकोे हुने र पारिवारिक सुख शान्ति हुने जनविश्वास छ ।

प्रकाशित समय : ०३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु