गृहपृष्ठ चैतको वर्षाले राहत : डढेलो नियन्त्रण
चैतको वर्षाले राहत : डढेलो नियन्त्रण
महोत्तरीका वन क्षेत्रका लागि पछिल्लो वर्षाबाट राहत पुगेको छ । शनिबार र आइतबार राति वर्षा भएपछि यहाँको वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ । वर्षाका कारण डढेलो निभाउन मद्दत पुगेको डिभिजन वन कार्यालयका प्रमुख विनोदकुमार सिंहले बताए ।
जिल्लाको ३०० हेक्टरभन्दा बढी क्षेत्रफलमा वनमा डढेलो लागेको थियो । 'डढेलो नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो', उनले भने । वन्यजन्तुको चोरी शिकार, रुख कटान र जताततै डढेलो बढेपछि कार्यालयले विभिन्न टोली खटाएको थियो ।
पछिल्लो वर्षाले नयाँ बिरुवा हुर्कन मद्दत गरेको छ । जिल्लामा सामुदायिक, साझेदारी, धार्मिक, कवुलियती र सागरनाथ वन परियोजनासहित २४ हजार हेक्टर क्षेत्रफलमा वन रहेको छ । वर्षाबाट खेतीपाती गर्न राहत मिलेको छ ।
रुखिएको जग्गा खनजोत गर्न सहज भएको किसान बताउँछन् ।
प्रकाशित समय : १३:२९ बजे



















