गृहपृष्ठ आगामी जेष्ठ १९ गतेदेखि राजधानीमा १६औँ अन्तर्राष्ट्रिय औँद्योगिक प्रदर्शनी हुँदै
आगामी जेष्ठ १९ गतेदेखि राजधानीमा १६औँ अन्तर्राष्ट्रिय औँद्योगिक प्रदर्शनी हुँदै
आगामी २०७९ जेष्ठ १९ देखि २३ गतेसम्म 'नेपाल १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०७९' राजधानीमा आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा १६औँ अन्तर्राष्ट्रिय औँद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको हो ।
मेड इन नेपाल अभियानको रुपमा स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला कोरोना महामारीको कारण विगत दुई वर्षदेखि स्थगित हुँदै आएको थियो ।
प्रकाशित समय : १८:१६ बजे

















