global ime bank Long Banner Ad

गृहपृष्ठ शिखर इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन

शिखर इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन

शिखर इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) को ५२ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रद सेयरमा आवेदन दिने आज (चैत २१ गते) अन्तिम दिन रहेको छ । इन्सयोरेन्सले चैत १ गते मंगलबारदेखि १० कित्ता बराबर नयाँ ३ कित्ता अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५२ लाख ७५ हजार ५७२ कत्ता हकप्रद बिक्री खुला गरेको थियो ।

उक्त हकप्रद सेयरमा माघ २० गतेसम्म नेप्सेमा सेयर कारोबार भइ रहेका इन्स्योरेन्सका लगानकिर्ताहरुले मात्र आवेदन दिन पाउनेछन् । हकप्रदमा मेरो सेयर मोबाइल एप, वेवसाइट, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै एनआईबीएल एस क्यापिटल तथा शिखर इन्स्योरेन्सका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इन्स्योरेन्सलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ ए’ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । हाल १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ रहेको शिखर इन्स्योरेन्सको हकप्रद निष्काशनपछि २ अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

प्रकाशित समय : १५:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु