गृहपृष्ठ कांग्रेस कर्णाली प्रदेश कोषाध्यक्षमा आचार्य, प्रवक्तामा शाही मनोनीत

कांग्रेस कर्णाली प्रदेश कोषाध्यक्षमा आचार्य, प्रवक्तामा शाही मनोनीत

कांग्रेस कर्णाली प्रदेश कोषाध्यक्षमा आचार्य, प्रवक्तामा शाही मनोनीत

नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको कोषाध्यक्षमा खगिसरा आचार्य र प्रवक्तामा दमनबहादुर शाही मनोनीत भएका छन् । प्रदेश सभापति ललितजंग शाहीले पार्टी विधान २०१७ (संशोधनसहित) धारा १३ (६) बमोजिम कार्यसमितिका सदस्य आचार्यलाई कोषाध्यक्ष तथा धारा १० (ङ) बमोजिम शाहीलाई प्रवक्ता पदमा नियुक्त गरेका हुन् ।

प्रदेश कार्यसभापति शाहीले पार्टी विधानबमोजिम प्रदेश संसदीय समितिमा छ सदस्य मनोनीत गरेका हुन् । महामन्त्री कृष्णबहादुर रोकायका अनुसार प्रदेश संसदीय समितिमा भूपेन्द्रजंग शाही, लंकबहादुर शाही, सीता वली, मिठु थापा कार्की, मोहन विक र पदमबहादुर लामा मनोनीत भएका छन् ।

प्रदेश कार्यसमितिको बैठकले सभापतिलाई अधिकार प्रत्यायोजन गरेबमोजिम कोषाध्यक्ष, प्रवक्ता र संसदीय समितिका रिक्त पदहरूमा मनोनीत गरिएको महामन्त्री रोकायद्वारा प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय : १४:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु