global ime bank Long Banner Ad

गृहपृष्ठ युक्रेनको दाबी – राजधानी किभका सबै क्षेत्र हाम्राे नियन्त्रणमा छन्

युक्रेनको दाबी – राजधानी किभका सबै क्षेत्र हाम्राे नियन्त्रणमा छन्

युक्रेनको दाबी – राजधानी किभका सबै क्षेत्र हाम्राे नियन्त्रणमा छन्

युक्रेनले राजधानी किभका सबै क्षेत्रमा आफ्नो नियन्त्रण रहेको जनाएको छ । रुसी सेना फिर्ता हुन थालेपछि किभ पूर्णरुपमा आफ्नो नियन्त्रणमा रहेको युक्रेनको रक्षा मन्त्रालयले जनाएको हो । यद्यपि रूसको तर्फबाट भने यो कुराको पुष्टी हुन सकेको छैन ।

रुसी सेनाले किभ नजिकैको होस्टमेल विमानस्थल छोडेका छन् । सोही विमानस्थल नियन्त्रणमा लिएर रुसले आक्रमण गर्दै आएको थियो ।

टर्कीमा भएको वार्तामा सहमतिको आधार तयार हुँदै गएको भन्दै रुसले आफ्ना सेनालाई पछि हटाएको बताइएको छ । यद्यपि पश्चिमा देशहरुले भने रुस कमजोर भइसकेकाले पछि हट्न बाध्य भएको दाबी गरेका छन् ।

प्रकाशित समय : १५:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु