global ime bank Long Banner Ad

गृहपृष्ठ पल शाहको निवेदनमा पेसी तोकियो

पल शाहको निवेदनमा पेसी तोकियो

पल शाहको निवेदनमा पेसी तोकियो

नाबालिका बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको निवदेनको पेसी तोकिएको छ । अभिनेता शाहले पोखरा उच्च अदालत दिएको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा परेको हो ।

शाहले मुलुकी फौजदारी कार्याविधि संहिता, २०७४ को दफा ७३ बमोजिम शाहले साधारण तारेखमै रिहा हुन पाउनुपर्ने मागसहित मंगलबार उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका थिए ।

गत चैत १० गते जिल्ला अदालत तनहुँले शाहले जबरजस्ती करणी गरेको देखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उक्त मुद्दामा अदालतको आदेश विरुद्ध शाहले दिएको निवेदनमा आजका लागि दैनिक पेसी तोकिएको हो ।

प्रकाशित समय : १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु