global ime bank Long Banner Ad

गृहपृष्ठ उपकार लघुवित्तको आईपीओ चैत २५ गतेदेखि बिक्री खुल्दै

उपकार लघुवित्तको आईपीओ चैत २५ गतेदेखि बिक्री खुल्दै

उपकार लघुवित्तको आईपीओ चैत २५ गतेदेखि बिक्री खुल्दै

धितोपत्र बजारका लगानीकर्ताहरुका लागि लगानीको अर्को अवसर खुला हुने भएको छ । नेपाल धितोपत्र बोर्डबाट केही दिनअघि सेयर जारी गर्न अनुमति पाएको उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २५ गते शुक्रबारदेखि सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको हो ।

लघुवित्तले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । यो लघुवित्तको जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशत बराबरको रकम हो ।

कुल निष्काशित सेयरमध्ये ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता सेयर खरीदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । जारी सेयर चैत २९ गते मंगलबारसम्म निष्काशन खुला हुनेछ । लगानीकर्ताले मेरो सेयरको मोबाइल एप तथा वेबसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ लिमिटेड रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङमा लघुवित्तलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यो रेटिङ प्राप्त कम्पनीहरुमा दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ । आईपीओ जारीपछि लघुवित्तको चुक्ता पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित समय : १६:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु