global ime bank Long Banner Ad

गृहपृष्ठ महालक्ष्मी विकास बैंकद्वारा सिद्धार्थनगर नगरपालिकालाई डस्टविन हस्तान्तरण

महालक्ष्मी विकास बैंकद्वारा सिद्धार्थनगर नगरपालिकालाई डस्टविन हस्तान्तरण

महालक्ष्मी विकास बैंकद्वारा सिद्धार्थनगर नगरपालिकालाई डस्टविन हस्तान्तरण

महालक्ष्मी विकास बैंक लिमिटेडको भैरहवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकालाई डस्टबिन सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिदै यस बैंकको भैरहवा शाखाले सिद्धार्थनगर नगरपालिकालाई १३ थान डस्टबिन हस्तान्तरण गरेको हो । नगरपालिकामा चुनौतीको रुपमा रहेको फोहोरमैला व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डस्टबिन हस्तान्तरण गरिएको कुरा बैंकका भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताले जानकारी दिए ।

नगरपालिकाको प्रांगणमा आयोजित एक विशेष कार्यक्रमकाबीच बैंकका भैरहवा शाखा प्रबन्धक गुप्ताले सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेलाई डस्टवीन हस्तान्तरण गरेका हुन् । सोहि कार्यक्रममा बोल्दै नगरपालिका उपप्रमुख उमा काफ्लेले विगतदेखि नै महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरु नगरभित्र प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको बताए । स्थानिय नगर वरपर फोहरमैला व्यावस्थापनमा नगरपालिकालाई सहजता होस् र वातावरणलाई स्वच्छ तथा सुन्दर बनाउन मद्दत पुग्ने हेतुले डस्टविन वितरण गरिएको कुरा बैंकले जनाएको छ । महालक्ष्मी विकास बैंक लिमिटेडले देशभर फैलिएर रहेका १०३ शाखाबाट कोर बैकिङका सेवा मात्र नभई विभिन्न सामाजिक उत्तरदायित्वका कार्यलाई प्रभाकारी रुपले निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित समय : १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु