गृहपृष्ठ आज पनि घट्यो सुनको भाउ
आज पनि घट्यो सुनको भाउ
आज बुधबार पनि सुनचाँदीको भाउ घटेको छ । मंगलबार तोलाको ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुनको भाउ हिजो मंगलबार एकैपटक तोलामा १३ सय रुपैयाँले घटेको थियो ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला ४ सयले नै घटेर ९८ हजार ३ सय रुपैयाँमा आइपुगेको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय ६० रुपैयाँमा झरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८४ हजार ७०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८४ हजार २७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ६६ रुपैयाँ तोकेको छ ।
प्रकाशित समय : १६:३२ बजे


















