काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भरतपुर मेयर कप क्रिकेट सुरु

15.46K
shares

भरतपुर मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । नारायणी एड्भर्डटाइजिङ एण्ड इभेन्ट प्रालिको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्दै निर्माण रोकिएको रंगशालाको विषयमा छिट्टै नै शुभ समाचार सुन्न पाइने बताइन् । धुर्मुश-सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेर बीचमा छोडेपछि काम रोकिएको रंगशालाका पुरानो ऋणका कारण तत्काल काम सुरु गर्न नसकिएको उनको भनाइ थियो । ऋणका लागि मन्त्रिपरिषदमा लैजानु पर्ने भएकाले निर्माणमा ढिलाइ भएको उनले बताइन् ।

चैत १७ गते सम्म सञ्चालन हुने सो प्रतियोगितामा चितवन, मकवानपुर र नवलपुर गरी तीनवटा समुह सहभागी भएका छन् । प्रतियोगितामा प्रथम र द्वितीय हुने समुहले ट्रफी, मेडल र प्रशंसा पत्र प्राप्त गर्ने छन् । उत्कृष्ट अंक ल्याउने दुई समूह फाइनलमा जाने आयोजक एड्भर्डटाइजिङ एण्ड इभेन्ट प्रालीका अध्यक्ष राजु चौधरीले जानकारी दिए ।