गृहपृष्ठ दुई कम्पनीले पाए आइपीओ निष्कासनको अनुमति

दुई कम्पनीले पाए आइपीओ निष्कासनको अनुमति

दुई कम्पनीले पाए आइपीओ निष्कासनको अनुमति

नेपाल धितोपत्र बोर्डले एक लघुवित्त र एक हाइड्रोपावर कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडलाई आइपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता सेयर निष्कासनको अनुमति पाएको हो । हाल ८ करोड ८१ लख ८ हजार २ सय रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी सेयर निष्कासनपश्चात १२ करोड १६ लाख रुपैयाँ पुग्नेछ । लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

यस्तै रिभर फल्स पावरले ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि सो बराबरको सेयर निष्कासन गर्नेछ । हाल ३५ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पूँजी आईपीओ निष्कासनपश्चात ७० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित समय : १७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु