गृहपृष्ठ सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु, चालक फरार
सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु, चालक फरार

सर्लाहीको पर्सा गाउँपालिका-३ नारायणपुर चोकमा बिहीबार साँझ ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय जोगिन्द्र साहका २ वर्षीय छोरा रितिक साह रहेका छन् ।
घाइते बालकको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा बेलुकी साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश २-०३ ००१ त २४३९ नम्बरको ट्रयाक्टरले हिजो साँझ सवा ६ बजे घर अगाडि खेल्ने क्रममा बालकलाई ठक्कर दिएको थियो । ठक्कर पश्चात चालक फरार रहेकाले खोजी भईरहेको प्रहरी चौकी नारायणपुर सर्लाहीले जानकारी दिएको छ ।
प्रकाशित समय : १७:३४ बजे