गृहपृष्ठ पपुवा न्युगिनीमाथि नेपालको दोस्रो जित

पपुवा न्युगिनीमाथि नेपालको दोस्रो जित

पपुवा न्युगिनीमाथि नेपालको दोस्रो जित

'आइसीसी क्रिकेट विश्वकप लिग दुई'अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई सात विकेटले पराजित गरेको छ ।

दुबई क्रिकेट रंगशालामा १ सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍याे । नेपालको जितमा आरिफ शेखले ५९ अर्धशतकीय योगदान गरे । रोहित पौडेलले ४४ रन जोडे । पीएनजीका चार्ल्स अमिनीले दुई विकेट लिए । काबुआ मोरेले १ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन जोड्यो ।

पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रनको योगदान गरे । लेगा सियाका २० तथा सेसे वाउ १९ रनमा आउट भए ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई-दुई विकेट हात पारे । करण केसी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले एक-एक विकेट लिए ।

सिरिजमा नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई २ विकेटले हराएको थियो । युएईसँग भने नेपाल ४८ रन र ९९ रनले पराजित भएको थियो ।

प्रकाशित समय : ००:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु