global ime bank Long Banner Ad

गृहपृष्ठ नेप्से परिसूचक १२.५४ अंकले वृद्धि

नेप्से परिसूचक १२.५४ अंकले वृद्धि

नेप्से परिसूचक १२.५४ अंकले वृद्धि

सेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि सामान्य वृद्धि भएको छ । पछिल्लो दुई सातादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक सोमबारबाट बढ्न सुरु भएको छ । सोमबारको कारोबारमा १७.९९ अंकले वृद्धि भएका नेप्से परिसूचक मंगलबार १२.५४ अंकले बढेर भएर २ हजार ६४७.५४ बिन्दुमा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंकले बढेको छ । मंगलबार कारोबारमा आएका २३५ कम्पनीको ५३ लाख २९ हजार ९९३ कित्ता सेयर २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबारको तुलनामा मंगलबार कारोबार रकम भने सामान्य गिरावट आएको छ । सोमबार २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये सोमबार १२ वटा उपसमूहको सूचकमा वृद्धि भएको छ भने बाँकी एक वटा उपसमूहको सूचकमा गिरावट आएको छ । जसमा व्यापार उपसमूहको सूचक १.०४ प्रतिशतले गिरावट आएको छ । १२ उपसमूहको परिसूचक पनि त्यति धेरै उत्साहजनक रुपमा वृद्धि भएको छैन । विकास बैंकको ,जलविदयुत, फाइनान्स, जीवन बिमा र लगानी उपसमूहको सूचक ० प्रतिशत भन्दा बढीले बढेको छ ।

मंगलबारको कारोबारमा पनि इमर्जिङ नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने नेपाल लाइफ इन्स्योरेन्सको ५ प्रतिशतभन्दा बढी बढेको छ । तर कालिका पावर, मैलुङ खोला जलविदयुत, शिवश्री हाइड्रोपावर र तेह्रथुम पावर कम्पनीको शेयरमूल्य भने २ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा १० करोडभन्दा बढीको सेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । शिवम् सिमेन्ट र जीवन विकास लघुवित्तको ८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रकाशित समय : २२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु