global ime bank Long Banner Ad

गृहपृष्ठ युएईद्वारा नेपालसामु २०३ रनको लक्ष्य प्रस्तुत

युएईद्वारा नेपालसामु २०३ रनको लक्ष्य प्रस्तुत

युएईद्वारा नेपालसामु २०३ रनको लक्ष्य प्रस्तुत

आइसीसी पुरुष क्रिकेट विश्व कप लिग दुई अन्तर्गतको आयोजक युएईले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ । दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २ सय २ रन जोड्यो । 

युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रनको योगदान गरे । मुस्तफाले ५०औं एकदिवसीय खेलमा एक हजार रनसमेत पूरा गरेका छन् । ओपनर मुहम्मद रिजवानले ३३ रन जोडे । चिराग सुरीले २६ र भृत्या अरविन्दले २४ रन जोडे । बसिल हमिद १७ रनमा आउट भए ।

करण केसी र सोमपाल कामीले समान दुई विकेट हात पारे । आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए ।

प्रकाशित समय : २१:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु