काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मञ्जरीमा वसन्त, थुँगा-थुँगामा वसन्त (फोटोफिचर)

16.61K
shares

ललितपुरको गोदावरी नगरपालिकास्थित राष्ट्रिय वनस्पति उद्यानमा सम्भवत नेपालकै सबैभन्दा धेरै प्रजातिका वनस्पति एकै स्थानमा पाइन्छ । काठमाडौं उपत्यकावासीका लागि हरेक किसिमको बोटविरुमा एकै ठाउँमा हेर्न पाइने सबैभन्दा नजिकको स्थान हो यो । यो स्थान एकान्त र सुनसान छ । रिङरोडको सातदोबाटोबाट करिब आधा घण्टाको सडक यात्राबाट गोदावरी पुगिन्छ । अहिले गोदावरी वसन्तमय बनेको छ । त्यसैले अरुबेलाको तुलनामा मानिसको चहलपहल पनि बढेको छ ।

‘ऋतुहरुको राजा’ वसन्त ऋतुको सौन्दर्य पोखिने भनेकै वनस्पति र बोटबिरुवामा हो । जब वसन्त ऋतुको वैशालुपन वनपाखा र बगैंचामा पोखिन्छ, हरकोहीको मन मुग्ध बन्छ । यतिबेला वसन्त ऋतुले आफ्नो जवानी हरेक बोटबिरुवा र फूलका मञ्जरी अनि थुँगा-थुँगामा पोखेको छ, वैशालु बनेर । गोदावरी पनि वसन्तको यही वैशालुपनले सजिएको छ ।