गृहपृष्ठ मेलम्चीको दुर्गम गाउँ धौलेमा ‘एक घर, एक धारा’
मेलम्चीको दुर्गम गाउँ धौलेमा ‘एक घर, एक धारा’

मेलम्ची नगरपालिका-११ धौले पैंयुखर्कमा ‘एक घर, एक धारा’ निर्माण गरेर हस्तान्तरण गरिएको छ । नगरपालिका र सेवक नेपालको साझेदारीमा गाउँमा २६ वटा धारा निर्माण गरी स्वच्छ पानी आउन थालेको छ ।
धौले पैंयुखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत निर्मित उक्त खानेपानी गाउँमा झरेपछि स्थानीयहरुको वषौंदेखिको समस्या समाधान भएको छ । नगरपालिकाको १३ लाख, सेवक नेपालको १० लाख १० हजार १९ र जनश्रमदानबाट चार लाख ६७ हजार ३१४ लागतमा धारा निर्माण गरिएको सेवक नेपालका कुमार भट्टराईले जानकारी दिए ।
धारा निर्माण भई पानी आएपछि गाउँलेको दैनिकीमा सहज भएको उपभोक्ता समितिका अध्यक्ष लिलाबहादुर थापाले बताए । उक्त बस्तीमा दलित, जनजाती, विपन्न वर्गको बसोबास छ । घरमा नै धारा भएपछि घर गृहस्थीका काम सकेर अरु पेशा व्यवसाय गर्न समय मिलेको बिन्दा विकले खुसी व्यक्त गरिन् ।
प्रकाशित समय : १३:३२ बजे