global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच वार्ता

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच वार्ता

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच वार्ता

अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सि चिङफिङबीच शुक्रबार कुराकानी भएको छ । युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा उनीहरुले भिडियो कुराकानी गरेकाे दुवै पक्षका अधिकारीले जनाएका छन् ।

वार्ताका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनलाई चिनियाँ राष्ट्रपति सिले रुस-युक्रेन युद्ध कुनै एउटाको मात्रै चासो, सरोकार र चिन्ताको विषय नभएको बताएका थिए । अन्तर्राष्ट्रिय समुदायका लागि शान्ति, सुरक्षा सबैको चासो र सरोकारको विषय भएकाले दुई देशको युद्धलाई पनि सबैले साझा चिन्ताको विषयका रुपमा दुवै जनाले छलफल गरेको  जनाइएको छ ।

राष्ट्रपति सिले अन्तरराष्ट्रिय चासो, शान्ति तथा सुरक्षाको विषय चीन र अमेरिकाको अन्तर्राष्ट्रिय जिम्मेवारी पनि भएको बताएका थिए । उनीहरुले रुस-युक्रेन मामिलाबाहेक अन्य विषयमा पनि छलफल गरेको सरकारी अधिकारीले उल्लेख गरेका छन् ।

अमेरिका-चीन सम्बन्धलाई थप सुमधुर बनाउन पनि अहिलेको कुराकानी सहयोगी भएको दुवै पक्षले जनाएका छन् । गत नोभेम्बरमा भएको भिडियो सम्मेलनपछि उनीहरुका बीचमा अहिले मात्रै कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

प्रकाशित समय : ०४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु