global ime bank Long Banner Ad

गृहपृष्ठ सीमित अवधिमा धेरै काम गर्नुछ: मन्त्री झाँक्री

सीमित अवधिमा धेरै काम गर्नुछ: मन्त्री झाँक्री

सीमित अवधिमा धेरै काम गर्नुछ: मन्त्री झाँक्री फाइल फोटो

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताइन् । उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम गरिरहेको भनेकी छन् ।

मन्त्रालयमा आज एसियाली विकास बैंक (एडीबी)का प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले एडीबीको सहयोगमा चालु योजना द्रूत गतिमा अघि बढाउन आग्रह गरिन् । उनले भनिन्, 'हामीसँग समय सीमित छ, गर्नुपर्ने काम धेरै छन् । एडीबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिटो होस् हाम्रो चाहना छ ।'

मन्त्री झाँक्रीले राष्ट्रिय सहरी नीति परिमार्जन तथा शहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै यसले संघीयता अनुसारका सहरीकरणका परियोजनामा सहकार्य गर्ने बाटो खोल्ने बताएकी हुन् । उनले नेपालमा लगानी गर्न सकिने थुप्रै क्षेत्र रहेको र सीमित स्रोत साधनमा काम गरिरहेको भनिन् । उनले भनीन्, 'विकास निर्माणका धेरै आयोजनामा काम भइरहेका छन्, हामीसँग सीमित बजेट हुँदा धेरै काम गर्न सकिरहेका छैनौँ ।'

छलफलमा एडीबीको दक्षिण एसिया विभागका महानिर्देशक केनिचि योकोयामाले मन्त्रालयसँग आफू सधैँ सहकार्य गर्न तयार रहेको बताउँदै नेपालले समयमै काम सक्नमा ध्यान दिनुपर्ने बताइन् । उनले सहरीकरणको गुजरात मोडलअनुसार अब बन्ने सहरीकरणका परियोजना बनाउन सुझाव दिइन् । हाल एडीबीको लगानीमा नेपालमा भइरहेका कामको समीक्षा र भविष्यमा लगानीको सहकार्य गर्न सकिने क्षेत्रबारे कार्यक्रममा छलफल भएको सहसचिव तथा मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहराले जानकारी दिए ।

छलफलमा सचिव मणिराम गेलाल, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली, मन्त्रालयका सह-सचिव प्रकिर्ण तुलाधर, मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहोरा लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित समय : २३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु