गृहपृष्ठ ५ किलो अवैध लागूऔषध सहित १ जना पक्राउ
५ किलो अवैध लागूऔषध सहित १ जना पक्राउ
काठमाडौं महानगरपालिका-७ कालोपुल डेरा गरी बस्ने झापा घर भएका ३१ वर्षीय बिरेन कपाली र इलाम घर भएकी ३९ वर्षीया सपना तामाङलाई करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरुको कोठामा जाँच गर्ने क्रममा उक्त गाँजा लुकाई राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय : १८:१६ बजे



















