global ime bank Long Banner Ad

गृहपृष्ठ बम्घाको सिंगाे गाउँ नै आलुखेतीमा

बम्घाको सिंगाे गाउँ नै आलुखेतीमा

बम्घाको सिंगाे गाउँ नै आलुखेतीमा

गुल्मीको रुरुक्षेत्र गाउँपालिका-५ बम्घा टाहाटिमका मेघराज गिरीले दश रोपनी जग्गामा आलु लगाएका छन् । आलु खेती उनको पेशा हो । गतवर्ष उनले ६० क्विन्टल आलु बिक्री गरे । जसबाट डेढ लाख आम्दानी भयो ।

'उत्पादन भएको आलु पैँचो पसल, बुटबल र तराइका जिल्लामा बिक्री हुन्छ', उनले भने, 'यो वर्ष उत्पादन घटेर ४५ क्विन्टल हुने अनुमान छ ।' टाहाटिमको जग्गा पनि आलु खेतीलाई उपयुक्त भएकोले पेशालाई निरन्तरता दिएको उनले बताउछन् । अहिलेको मौसममा आलु लगाए पनि अरु बेला मौसम अनुसारका तरकारी खेती लगाउने उनले यसबाट वार्षिक ५० हजार आम्दानी गर्दछन् । त्यस्तै उनले गाईपालन पनि गरेका छन् । जसबाट परिवारलाई पुग्ने आम्दानी गाउँमै भएको उनले बताउछन् । 'अहिले आलु, त्यसपछि तरकारी र १२ महिना दूध बिक्रीबाट आम्दानी भइरहेको छ', उनले भने, 'आफ्नै गाउँमा स्वरोजगार भएको छु ।' अहिले आलु खेतीको लागि स्मार्ट कृषि गाउँ आलुखेती कार्यक्रम सञ्चालन भएको छ । जसबाट बीउ तथा मेसिनमा अनुदान पाउँदा हौसला बढेको छ ।

सोही ठाउँकै राधिका गिरीले पाँच रोपनी जग्गामा आलु लगाएर गत वर्ष १५ क्विन्टल बिक्री गरीन् । उत्पादन भएको आलु पैँचो पसलमा प्रति किलो २० देखि ३७ सम्ममा बिक्री हुन्छ । अन्य समयमा सोही जग्गामा सिमी, गोलभेँडा, काउलीलगायतका मौसमअनुसारका तरकारी लगाइन्छ । यसले घरखर्च चलाउन सहयोग पुगेको उनको भनाइ छ ।

'आलु र तरकारी खेतीले घरखर्च चलेको छ', उनले भनीन्, 'अहिले खनेको आलु सबै बीउको लागि प्रयोग हुन्छ ।' गतवर्ष आलुको बीउ प्रतिकिलो १८० परेकोमा अहिले स्मार्ट कृषि गाउँ लागू भएपछि अनुदानले गर्दा ७० देखि ८० मा पाइएको थियो ।

प्रकाशित समय : १८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु