nmb bank

गृहपृष्ठ ‘पीरले’ महिलाहरुको चरित्र हत्या गरेको आरोप

‘पीरले’ महिलाहरुको चरित्र हत्या गरेको आरोप

‘पीरले’ महिलाहरुको चरित्र हत्या गरेको आरोप

नेकपा (माओवादी केन्द्र) निकट भात्री संगठनले गायक प्रकाश सपुतको 'पीर' नामक गीतले जनयुद्धमा लागेका महिलालाई अपमान गरेको आरोप लगाएका छन् ।

अखिल नेपाल महिला संघ, जनक्रान्तिका घाइते तथा अपांगता योद्धा संघ, जनसांस्कृतिक महासंघ र प्रेस सेन्टरलगायतले विज्ञप्ति जारी गरी गीतको भिडियोमा जनयुद्धमा होमिएका महिला र पुरुष अनैतिक कार्यमा पनि लागेको जस्तो व्यहोरा झल्कने गरी समग्र जनयुद्धप्रति नै अपमान गरेको भन्दै आपत्ति जनाएका हुन् ।

'नितान्त झुट र भ्रामक कार्य गर्ने उपर तुरुन्त कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछौँ, साथै उक्त म्युजिक भिडियो युट्युब च्यानलबाट तुरुन्त हटाई त्यस्ता निन्दनीय गतिविधि तुरुन्त बन्द गर्न र आम नेपाली जनतासामु सार्वजनिक रुपमा अपराध स्वीकार गरी माफी माग्नसमेत आग्रह गर्दछौँ'।

प्रकाशित समय : १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु