गृहपृष्ठ ग्लोबल आइएमई बैंक र आइसीएफसी फाइनान्सबीच सम्झौता

ग्लोबल आइएमई बैंक र आइसीएफसी फाइनान्सबीच सम्झौता

ग्लोबल आइएमई बैंक र आइसीएफसी फाइनान्सबीच सम्झौता

ग्लोबल आइएमई बैंक र आइसीएफसी फाइनान्सबीच फाइनान्सका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट नायव महाप्रबन्धक कल्याण बिक्रम पाण्डे र आइसीएफसी फाइनान्सको तर्फबाट नायव महाप्रबन्धक लक्ष्मणप्रसाद जैसीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार फाइनान्सका ग्राहकले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतित पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगनेस्ट पेमेन्ट, डकुमेन्ट अगनेस्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदी सुविधा आईसीएफसी फाइनान्सको सिफारिसमा ग्लोबल आइएमई बैंक मार्फत उपभोग गर्न सक्नेछन् ।

साथै, दुवै संस्थाको सहमतिमा दुई संस्थाबीच निक्षेप संकलन, रेमिट्यान्स, अन्तर बैंक कारोबार, निर्देशित लगानी, कन्सोर्टियम फाइनानसिङ र एफएक्स म्यानेजमेन्ट लगायतका सेवाहरुमा सहकार्य हुनेछ । यो सम्झौता हस्ताक्षर भएको मितिबाट लागू भएको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । त्यसैगरी, राष्ट्रियस्तरको ग वर्गको वित्तीयसंस्था आइसीएफसी फाइनान्सले मुलुकभर २० शाखा, १८ एटीएम र १ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित समय : १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु