काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सेयर बजारमा हरियाली : तेहेराे अंकले बढ्याे नेप्से, करिब ५ अर्बकाे काराेबार

8.88K
shares

आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तेहेराे अंकले बढेको छ । केही समययता निरन्तर घट्दै २५ सय अंकभन्दा तल आइपुगेको नेप्से आज एकैदिन १०१.०७ अंकले बढ्दै पुनः २६६७.९७ अंकमा पुगेको हो । सेन्सिटिभ सूचक समेत दोहोरो अंकले अर्थात् १६.३७ अंकले बढेको छ ।

आज ४ अर्ब ८७ करोड रुपैयाँ बराबरको ९० लाख २२ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचकमा उत्साहजनक सुधार आएको दिन आज कारोबार भएका सबै १३ वटै समूहमा उत्साहजनक वृद्धि आएको छ । जसमध्ये जिवन बिमा समूहमा ९२२ अंकको सुधार आएको छ भने निर्जीवन बिमा समूहमा ५६७ अंकको सुधार आएको छ ।

यसैगरी, उत्पादनमूलक समूहमा ३०८ अंकको सुधार आउँदा विकास बैंक समूह २१० अंकले बढेको छ । यस्तै, लघुवित्त समूह १६३ अंकले बढेको छ भने होटल एण्ड टुरिज्म १५८ अंकले बढेको छ । आज नेप्सेमा तीन वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै सकरात्मक सर्किट लागेको छ । यस्तै, थप ५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको नेप्सेले जनाएकाे छ ।