गृहपृष्ठ ५ हजार ६२ नमूनाको परीक्षण हुँदा ७३ जनामा कोरोना पुष्टि
५ हजार ६२ नमूनाको परीक्षण हुँदा ७३ जनामा कोरोना पुष्टि
नेपालमा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ५ हजार ६२ नमूनाको परीक्षण हुँदा शनिबार ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
गत २४ घण्टामा २ हजार २३८ जनाको पीसीआर र २ हजार ८२४ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ । एन्टिजेन परीक्षणको तथ्यांकमा एसएमएस र ईमेलबाट प्राप्त नतिजाको विवरण समेत समावेश गरिएको छ ।
पीसीआर परीक्षणबाट ३० जनामा र एन्टिजेन परीक्षणबाट ४३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टाको कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमणबाट हालसम्म देशभर मृत्यु हुनेको संख्या ११ हजार ९५० जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरि १९२ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । देशभर हाल ५ हजार ०५० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित समय : ००:०४ बजे


















