गृहपृष्ठ विद्यालयको साइन्स ल्याबका लागि महालक्ष्मी विकास बैंकद्वारा सामाग्री सहयोग
विद्यालयको साइन्स ल्याबका लागि महालक्ष्मी विकास बैंकद्वारा सामाग्री सहयोग
महालक्ष्मी विकास बैंक लिमिटेडको पोखरा शाखाले विद्यालयको साइन्स ल्याबलाई आवश्यक सामाग्री प्रदान गरेको छ । बैंकको चिप्लेढुंगा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका-१९ हेम्जास्थित अम्विका माध्यमिक विद्यालयलाई साइन्स ल्याबका लागि आवश्यक सामाग्रीहरु प्रदान गरेको हो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउन बैंकले सहयोग गरेको बैंकका शाखा प्रवन्धक किरण घिमिरेले बताए ।
विगत २७ वर्षदेखि अनवरत रुपमा गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ।
महालक्ष्मी विकास वैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु नेपालभर छरिएर रहेका १०३ शाखाहरुमार्फत गर्दै आइरहेको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइरहने बैंकको भनाइ छ । साथै, बेंकले आफ्ना ग्राहक महानुभावहरुलाई अधिकतम लाभ दिने उद्देश्यले महालक्ष्मी बचत वृद्धि खाता सञ्चालनमा ल्याएको छ।
वार्षिक व्याजदर ८.५५ प्रतिशत रहेको यस खाता न्यूनतम मौज्दात रुपैयाँ ५१ मा नै खोल्न सकिनेछ भने यसमा ५ लाखसम्मको दुर्घटना बिमा, निःशुल्क मोवाइल बैंकिङ, निःशुल्क एटीएम कार्ड, निःशुल्क डिम्याट खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ।
प्रकाशित समय : १७:१२ बजे



















