nmb bank

गृहपृष्ठ बोटलर्स नेपालविरुद्ध मुद्दा दायर, ७ अर्ब ४३ करोड रूपैयाँ मागदावी

बोटलर्स नेपालविरुद्ध मुद्दा दायर, ७ अर्ब ४३ करोड रूपैयाँ मागदावी

बोटलर्स नेपालविरुद्ध मुद्दा दायर, ७ अर्ब ४३ करोड रूपैयाँ मागदावी

राजस्व अनुसन्धान विभागले कोकाकोलाको उत्पादन कम्पनी बोटलर्स नेपाल लिमिटेडविरुद्ध करछलीको मुद्दा दायर गरेको छ । शुक्रबार उच्च अदालत पाटनमा राजस्व छलीसम्बन्धी मुद्दा दायर गरेको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबर कर छलीको आरोपमा मुद्दा दर्ता गरिएको हाे । मुद्दामा बिगो र बिगोको शतप्रतिशत जरिवाना गरी कुल ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ असुलउपर गरिनुपर्ने माग गरिएकाे छ ।

मुद्दामा कम्पनीका ८ जनालाई प्रतिवादी बनाइएको छ । प्रदीप पाण्डे, पुनित चन्द्र पाल, राजीव टण्डन, भरतबाबु दाहाल, सुमित गोयाल, अशोक कुमार मण्डल, डा. त्रिलोचन उप्रेती र संजिव कुमार मिश्रलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२  को दफा ४(झ) र दफा २३(३) को कसुरमा ऐ. दफा २३(३) बमोजिम सजाय हुन मागदावी लिई अभियोग पत्र दायर गरेको विभागले जानकारी दिएको छ ।

राजस्व अनुसन्धान विभागमा कर छलीको उजुरी परेपछि साे विषयमा लामो समयदेखि अनुसन्धान हुँदै आएको थियो । कम्पनीले २०७१ सालमा कम्पनीको सेयर विक्री गर्दा लाभको कर नबुझाएको विषयमा उजुरी परेकाे हाे ।

विभागकाे विज्ञप्ति :

प्रकाशित समय : २३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु