गृहपृष्ठ नेपाल-भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षतामा मलहोत्रा निर्वाचित
नेपाल-भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षतामा मलहोत्रा निर्वाचित
मुलुकको सामाजिक, कृषि, व्यापार तथा पर्यटन प्रबर्द्धनमा योगदान गर्दै आएको नेपाल-भियतनाम उद्योग वाणिज्य संघकाे ११औँ वार्षिक साधारणसभाले दीपक मलहोत्राको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
संघको बिहीबार सम्पन्न साधारणसभाले आगामी तीन वर्षका लागि पूर्वसहायकमन्त्री राजेशकाजी श्रेष्ठसहित २५ जनालाई कार्यसमितिमा निर्वाचित गरेको हो । नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा ध्रुवकुमार श्रेष्ठ, उपाध्यक्षद्वयमा सुरेशमान श्रेष्ठ र जनक शर्मा पौडेल, महासचिवमा गोपालदास मानन्धर र कोषाध्यक्षमा कविकुमार तिवडेवाल निर्वाचित भएका हुन् ।
प्रकाशित समय : २३:२७ बजे


















