गृहपृष्ठ पाँचपोखरी क्रिकेटको उपाधि भोताङलाई
पाँचपोखरी क्रिकेटको उपाधि भोताङलाई
पाँचपोखरी टि-२० क्रिकेट प्रतियोगिताको उपाधि पाँचपोखरी भोताङ टिमले जितेको छ । मूलपानीस्थित खेलमैदानमा शनिबार भएको फाइनलमा पाँचपोखरी क्रिकेट टिमलाई ६८ रनले पराजित गर्दै भाेताङले उपाधि उचालेको हो ।
पहिले ब्याटिङ गरेको भोताङ टिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२४ रन बनाएको थियो । जवाफी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाँचपोखरी टिम ५६ रनमा अलआउट भयो । जितसँगै उपाधि विजेता पाँचपोखरी भोताङ टिमले नगद ७५ हजार पुरस्कार पाएको छ । उपविजेता पाँचपोखरी टिमले ४० हजार पाएको छ ।
प्रतियोगितमा जिल्लाका सात टिम सहभागी थिए । प्रतियोगितामा बेस्टबलर आर्यान धिताल, बेस्ट व्याटस्म्यान रेन्जिङ लामा, म्यान अफ दि सिरीज सार्थक धिताल चुनिएका छन् । नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशनकुमार सिंह, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले पुरस्कार वितरण गरे ।
गाउँपालिका अध्यक्ष लामाले खेतको गह्राबाट सुरु भएको क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा खेल्नु विशेष उपलब्धिमूलक भएको बताए । गाउँपालिकाले २०७४ देखि निरन्तररूपमा जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर जिल्लास्तरीय क्रिकेट प्रतियोगिताका तीन संस्करण सम्पन्न गरेको छ ।
प्रकाशित समय : १३:३९ बजे



















