global ime bank Long Banner Ad

गृहपृष्ठ सुदूरपश्चिम खप्तड गोल्डकप : हिमालयन शेर्पा क्वाटरफाइनलमा

सुदूरपश्चिम खप्तड गोल्डकप : हिमालयन शेर्पा क्वाटरफाइनलमा

सुदूरपश्चिम खप्तड गोल्डकप : हिमालयन शेर्पा क्वाटरफाइनलमा

हिमालयन शेर्पा क्लब पाँचौ सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा शनिबार सम्पन्न खेलमा नव जनजागृति युवा क्लबलाई ४-० ले हराउँदै हिमालयनक्वाटरफाइनलमा प्रवेश गरेको हो ।

हिमालयनले ३०औं मिनेटमा विकास मेराग्लियाको गोलबाट अग्रता लिएको थियो । उनले डेब्यू खेलमै हिमालयनका लागि गोल गरेका हुन् । ४१औं मिनेटमा उल्रिच सिवेले गोल गर्दै हिमालयनलाई २-० को अग्रता दिलाए । ५७औं मिनेटमा उल्रिचले व्यक्तिगत दोस्रो गोल गरेपछि हिमालयन ३-० ले अघि रह्यो । ८१औं मिनेटमा पूर्ण बहादुर गुरुङले थप गोल गरेपछि हिमालयनकाे जित ४-० ले पक्का भयाे ।

जितसँगै हिमालयन क्वाटरफाइनलमा प्रवेश गरेको छ । हिमालयनले क्वाटरफाइनलमा आयोजक सुदुरपश्चिम-११ विरुद्ध खेल्नेछ ।

सुदुरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । आयोजक सुदुरपश्चिम-११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लब रहेका छन् । प्रतियाेगिता बिहीबार सुरू भएकाे हाे ।

प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित समय : ०२:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु