काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुखानीको ५० बर्ष, सहयोद्धालाई श्रद्धाञ्जली दिन ओली झापा गए

9.47K
shares

सुखानी हत्याकाण्डको ५० वर्ष वितेको छ । २०२८ सालमा शुरु भएको झापाली कम्युनिस्ट क्रान्तिका चार योद्धा नेत्र घिमिरे, रामनाथ दाहाल, वीरेन राजवंशी र कृष्ण कुँइकेललाई जेल सार्ने वहानामा २०२९ साल फागुन २१ गतेका दिन इलाम र झापाको सीमानामा पर्ने सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो ।

केपी शर्मा ओली र सीपी मैनालीसँगै झापा क्रान्तिमा होमिएका उनीहरु आजकै दिन पञ्चायती शासकबाट मारिएका थिए ।

त्यसबेला ओलीलाई रौतहटमा पक्राउ गरी गोलघरको जेलमा १४ वर्ष यातनाका साथ राखिएको थियो । आफ्ना पाँचजना सहयोद्धाहरुको स्मृतिमा श्रद्धान्जली अर्पण गर्न नेकपा एमालेका अध्यक्ष ओली आज झापाको सुखानी गएका छन् ।

नेकपा एमालेले हरेक वर्ष सुखानी दिवस मनाउने गरेको छ । सुखानीमा एमालेले पाँच शहीदको शालिक स्थापना गरेर पार्क बनाएको छ । ओली नेतृत्वको सरकारले २०७२ साल फागुन १९ गते सुखानीमा मारिएका योद्धालाई शहीद घोषणा गरेको थियो ।