गृहपृष्ठ मटिहानीका पाँच पसलमा आगलागी हुँदा डेढ करोड क्षति
मटिहानीका पाँच पसलमा आगलागी हुँदा डेढ करोड क्षति
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-८ स्थित पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति भएको छ । मटहानी बजारका पाँच वटा पसलमा आज बिहान आगलागी भएकाे हाे।
स्थानीय जगदीशप्रसाद गुप्ताको दुईतल्ले घरमा मटिहानी नपा-७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलबाट बिहान ७ बजे विद्युत् सर्ट भई आगलागी सुरू भएकाे थियाे ।पसलभित्र रहेको २५ लाख मूल्य बराबरको मालबस्तु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश विष्टले बताए ।
सोही पसलसँगै टाँसिएर रहेको आरएन अडियो, नेपाल म्याक्स टेलर, समीर रेडिमेड र शत्रुधन ठाकुरले सञ्चालन गरेको नाम नखेलिएको सैलुन र दुईतले भवनको विभिन्न कोठामा पनि आगलागी भई जम्मा डेढ करोड बराबरको धनमाल क्षति भएको उनले बताए ।
मटिहानी नगरपालिकासँग बारुणयन्त्र नरहेको र छिमेकी जलेश्वर नगरपालिकाको बारुणयन्त्र हेटौँडा गएका कारण आगलागी नियन्त्रणमा समस्या भए पनि करिब दुई घण्टापछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीमा कुनै प्रकारको मानवीय तथा पशुको क्षति नभएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १६:३१ बजे




















