global ime bank Long Banner Ad
IME Pay
nmb bank

गृहपृष्ठ वैशाखमा ‘नेपाल फर्मा एक्स्पो’

वैशाखमा ‘नेपाल फर्मा एक्स्पो’

वैशाखमा ‘नेपाल फर्मा एक्स्पो’

नेपाल औषधि उत्पादक संघले नेपाली औषधिबारे जानकारी दिन ‘नेपाल फर्मा एक्स्पो’ को आयोजना गर्दैछ । संघले आगामी वैशाख ९ गतेदेखि ११ गतेसम्म चितवनको भरतपुरमा एक्स्पो गर्न लागेको हो ।

यहाँ आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले नेपालमा उत्पादन भइरहेको औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताबारे जानकारी गराउनका लागि एक्स्पो गर्न थालिएको जानकारी दिए ।

नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्न, औषधि प्राविधिक तथा फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले पनि एक्स्पो आयोजना गर्न लागिएको उनको भनाइ छ । अध्यक्ष पाण्डेले नेपाली औषधि विदेशी औषधिभन्दा सस्तो र गुणस्तरीय रहेको बताए ।

उनले सरकार र राजनीतिक दलको सहयोग भए नेपाललाई औषधिमा निर्भर बनाउन सकिने धारणा व्यक्त गरे । एक्स्पो संयोजक नारायणबहादुर क्षेत्रीले नेपाली औषधिलाई सबै जिल्लामा पुर्‍याइरहेको जानकारी दिए ।

उनका अनुसार एक्स्पोमा रहने १६० कक्षमा औषधिमा नयाँ प्रविधिको खोज गरिरहेका १२० बहुराष्ट्रिय कम्पनी र ४० नेपाली औषधि उद्योगको सहभागिता हुनेछ । वार्षिक ६० अर्ब नेपाली औषधिको कारोबार हुने गरेको छ भने औषधि उद्योगमा ५० हजार मानिसले रोजगार पाएका छन् ।

नेपालमा ३५ वटा प्राविधिक कलेजबाट एक हजार ५०० औषधि प्राविधिक र ५०० फर्मासिस्ट उत्पादन हुँदै आएका छन् ।

प्रकाशित समय : १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु